एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा निर्माण (भिडियो)
साउन, काठमाडौँ – गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीत नेपाली भाषा सहित ६ मातृभाषामा निर्माण गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपाली सँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर ६ मातृभाषामा ल्याएका हुन् ।
उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । भिडियो पनि सातवटै बनेको छ । भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य एवं अभिनय छ । गीतमा शब्द र संगीत पनि उनले नै गरेका छन्।
टंकले आफूले एक वर्षदेखिको मिहिनेतबाट गीत सार्वजनिक गर्न सफल भएको बताए । उनले सबै भाषाको ज्ञान आफुमा नहुँदा धेरै समय लागेको सुनाए । ‘नेपालमा रहेको विभिन्न भाषालाई प्रवर्द्धन गर्नकै लागि आफूले सानो कदम चालेको हो’ उनले थपे ।
सो म्युजिक भिडियोको भिडियो निर्देशक राहुल शाह हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङको रहेको छ ।
भिडियो हेर्नुहोस् –