मनहरी ५ को २ दिने घटना दर्ता शिविर सम्पन्न, १ सय ४२ जनाले सेवा लिए

तामसालिङ खबर
२७ बैशाख २०८०, बुधबार १९:२०

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका ५ नम्बर वडा कार्यालयले आयोजना गरेको २ दिने घटना दर्ता शिविर सम्पन्न भएको छ । शिविरको पहिलो दिन ६२ जना र दोस्रो दिन ८० जना गरी कुल १ सय ४२ जनाले सेवा लिएका छन् ।

वडाबाट प्रवाह हुने सेवाहरु गाउँको टोलटोल मै पुगेर सेवा प्रदान गर्ने उदेश्य सहित शिविरको आयोजन गरिएको वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो । सेवा बापत पहिलो दिन १८ हजार ३ सय ९४ र दोस्रो दिन २६ हजार ७ सय ९४ गरी ४५ हजार १ सय ८८ रुपैँया राजश्व संकलन भएको वडा अध्यक्ष दिपेन्द्र अधिकारिले जानकारी दिनुभएको छ ।

शिविरको पहिलो दिन २६ गते रुञ्चेडाँडा र दोस्रो दिन २७ गते डिल्लिपुर बसपार्कमा शिविर सञ्चालन भएको हो । शिविरबाट १ वर्षमुनिका जन्मदर्ता गराउन आउनेलाई १ क्रेट अण्डा समेत प्रदान गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*