वडा कार्यालयबाट उपलब्ध २ दिने शिविर टोलटोलमा, पहिलो दिन ६२ जनाले सेवा लिए

तामसालिङ खबर
२६ बैशाख २०८०, मंगलवार १८:५५

बैशाख, हेटौडा (मनहरी) – व्यक्तिगत घटना दर्ता र कार्यालयबाट उपलब्ध सबै प्रकारको सेवा सहित मनहरी गाउँपालिका ५ नम्बर वडामा २ दिने शिविर भएको छ।

वडाको दुई स्थानलाई शिविरको सेवा केन्द्रको रुपमा स्थापनमा गर्दै यहि बैशाख २६ र २७ गते कार्यक्रम गरिएको हो। शिविरको पहिलो दिन २६ गते रुञ्चेडाँडा भएको शिविरबाट मालपोत तथा सम्पती करतर्फ ३० जना, बिबाह दर्ता ३ जना, जन्मदर्ता १७ जना, नागरिकता सिफारिस / प्रतिलिपी गरि १० जना र अन्य सेवामा २ जना गरि ६२ जनाले सेवा लिएका छन्।

शिविरमा ब्यक्तिगत घटना दर्ताको बाहेक वडाबाट प्रवाह हुने अन्य सेवा व्यबसाय दर्ता, नविकरण, मालपोत तथा एकीकृत सम्पती कर, नयाँ नागरिकता तथा प्रतिलिपी सिफारिस लगायतका सेवाहरु सहित टोल-टोलमा पुगेको थियो।

शिविरको दोश्रो दिन बैशाख २७ गते डिल्लिपुर चिसापानी बसपार्कमा संचालन हुने वडा सचिव बिदुर पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*