हरिहरपुरगढीमा ब्यक्त्तिगत घटना सामाजिक सुरक्षा दर्ता शिबिर शुरु

तामसालिङ खबर
२७ बैशाख २०८०, बुधबार १९:३३

बैशाख, सिन्धुली (हरिहरपुर गढी) – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आजबाट व्यक्तिगत घटना दर्ता शिबिर शुरु गरेको छ।

पालिकाले प्रत्येक वडामा दर्ता केन्द्र शिबिर राखेर जन्म, मृत्यु ,बसाइसराई ,बिवाह ,सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनाको विवरण संकलन गरिरहेको हो। शिविरको पहिलो दिन वडा न १ को चिसापानी सामुदायिक स्वास्थ्य इकाई भवनबाट सेवाग्राहीले व्यक्तिगत घटना दर्ता गरेका थिए

जन्मदर्ता २१ ,मृत्युदर्ता ५, विवाहदर्ता ६ जोडीले व्यक्तिगत घटना दर्ता गरेका छन्। जेठको १४ गते सम्म पालिकाको ८ वटै वडामा चल्ने शिबिरबाट सेवाग्राहीले हरेक वडाको विभिन्न शिबिर केन्द्रबाट सहज रुपमा सेवा पाउने र ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको लागी दर्ता गर्न छुटेकोले पनि यो शिबिरबाट लाभ लिने हरिहरपुरगढी गाउँपालिका पञ्जिकरण शाखा प्रमुख मनोराज घिसिङले बताउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*