लेखापढी व्यबसायी शिखरकोट इकाई अध्यक्षमा जियो लामा

तामसालिङ खबर
१७ बैशाख २०८०, आईतवार ०७:३७

बैशाख, हेटौडा (थाहा नगर) – नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन थाहा नगर शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले जियो तामाङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा कृष्ण बलामी,सचिव उपेन्द्र केसी, कोषाध्यक्ष सर्मिला जिम्बा, सह-सचिवमा झरना गोपाली लगायत सदस्यहरुमा भिमबहादुर स्याङ्तान, बिश्वास केसी सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रकाश थोकरले जानकारी दिनुभयो ।

इकाई अध्यक्ष रामप्रसाद गोपालीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल लेखापढी कानुन व्यबसायी एसोसिएसनका केन्द्रिय सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिबेशनको प्रमुख अतिथि समेत रहनु भएको नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसनका केन्द्रिय सचिब आत्मराम मोक्तान बोल्नु हुँदै नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागिरहेको भन्दै नकरात्मक भावनाले नहेर्न आग्रह गर्नुभयो । सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउनु भयो । त्यस्तै, लेखापढी व्यवसायीको हितका लागि अक्षय कोषको स्थापना र पेन्सन योजना रहेको बताउनु भयो ।

अधिवेशनमा एसोसिएसनका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव खिलप्रसाद गौतम, प्रदेश सदस्य महालक्ष्मी श्रेष्ठ, एसोसिएसनका जिल्ला समन्वय समिती अध्यक्ष पुर्णप्रसाद अर्याल, एसोसिएसनको अदालत इकाई अध्यक्ष तेजकुमारी थापा, एसोसिएसनका हेटौंडा इकाई उपाध्यक्ष तेजराज पाण्डे, अदालत इकाइका पुर्व अध्यक्ष राधा पाठक, मालपोत कार्यालय शिखरकोटका प्रतिनिधि रामचन्द्र लामा, जिल्ला समन्वय समिती कोषाध्यक्ष सन्तोषी बर्तौला, सह-सचिव सत्रुधन बैठा, अदालत इकाईका कोषाध्यक्ष अमृता बर्तौला लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*