मकवानपुरमा चैत्र पहिलो सातादेखि अन्तरपालिका फुटबल प्रतियोगिता हुने

तामसालिङ खबर
२१ फाल्गुन २०७९, आईतवार १२:३३

फाल्गुन, हेटौंडा – मकवानपुरमा दोस्रो संस्करणको अन्तरपालिका फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखि हुने भएको छ। जिल्ला समन्वय समिति मकवानपुरको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले चैत्र पहिलो सातादेखि अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता सन्चालन गर्ने भएको हो।

प्रतियोगितालाई सफल बनाउन जिल्ला समन्वय समिति मकवानपुरले ७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रतियोगितामा विजेताले नगद २ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले बताउनु भयो।

प्रतियोगितामा सहभागी हुने टिमको सदस्य खेलाडी सोही पालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ । विभागीय टिम र ए डिभिजन क्लबमा आवद्ध खेलाडीले खेल्न पाउने छैन भने ३० वर्षभन्दा कम उमेरका खेलाडी मात्रै सहभागी हुन पाउने छ । हेटौंडा ५ स्थित पिप्ले-क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रवेश नि:शूल्क गरिने समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*