बागमती प्रदेशमा बुधबार मन्त्रीपरिषद विस्तार हुने
माघ, हेटौडा – बागमती प्रदेशको मन्त्रीपरिषद बुधबार बिस्तार हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । ११ वटा मन्त्रालय रहने गरि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोली बुधबार मन्त्रीपरिषद बिस्तार गर्ने भएका हुन् ।
गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए ।
प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।