बागमती प्रदेशमा अब ११ मन्त्रालय हुने
माघ, हेटौँडा – बागमती प्रदेशमा मन्त्रालयको संख्या घटेको छ । मुख्यमन्त्रि कार्यालयको मुख्य सचिब मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा बनेको कार्यदलले मंगलबार सरकारलाई ११ मन्त्रालय हुनेगरि प्रतिवेदन बुझाए सँगै अब बागमतीमा ११ वटा मन्त्रालय कायम हुने भएको हो ।
कार्यदलले आज मुख्यमन्त्री जम्कट्टेलाई प्रतिवेदन बुझाउँदै कुल सांसदको १० प्रतिशत मन्त्रालय हुने गरी ११ मन्त्रालय हुने गरि प्रतिवेदन तयार पारिएको बताए ।
अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन-मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको निरौलाले जानकारी दिए ।स्रोतका अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको बताइएको छ ।
डोरमणी पौडेल नेतृत्वमा ७ रहेको मन्त्रालयलाई अष्टलक्ष्मीको पालामा १ थपेर ८ बनाइएको थियो । राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या १४ पुर्याएका थिए ।