उर्जा राज्यमन्त्रीमा मकवानपुरको दीपकबहादुर सिंहले लिए सपथ
माघ, हेटौडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दीपकबहादुर सिंह उर्जा राज्यमन्त्री बन्नु भएको छ । उहाँलाई मंगलबार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाए सँगै सिंह उर्जा राज्यमन्त्री बन्नु भएको हो । राप्रपाबाट उपप्रधान सहित उर्जा मन्त्रीमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्नु भएको छ ।
सत्तारुढ दलले मन्त्रालय भागवण्डा टुंगो लगाए सँगै सिंहले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको हो । यस अघि सिंह मुख्य सचेतक बन्ने चर्चा रहेको थियो ।