मकवानपुरको उत्तरी क्षेत्रमा थाहा गोल्डकप फुटबल प्रतियोगिता पुष २६ गते देखि हुने
पुष, हेटौडा (थाहा नगर) – चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता यहि पुष २६ गतेदेखि थाहा नगरको इन्द्रायणी चौरको खेल मैदानमा हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर रुदाने कै स्मृतिमा हरेक बर्ष पुस २६ मा प्रतियोगिताको आयोजना हुदै आइरहेको छ ।
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२/३२ टोलीको सहभागिता रहेको थियो ।
१० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै आयोजकले दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ ।
यस बर्ष देखि पुरस्कार राशिमा वृद्धि गर्दै १ लाख बाट बढाएर नगद २ लाख पुर्याउदै उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन् । नगद बाहेक शिल्ड, प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।