पाँचौ बागमती गोल्डकप पुष २२ गतेदेखि हुँदै
पुष, बागमती (हेटौंडा) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पुष २२ गतेदेखि सुरु हुने भएको हो ।
प्रतियोगिताको लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
बागमती गाउँपालिका वडा नम्बर ८ फापरबारी स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक सहित ए डिभिजन क्लबको सहभागिता रहनेछ ।
चौथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो । शुक्रबार गाउँ खेलकुद विकास समितिको बैठकमा समितिका संरक्षक एवम् गाउँपालिकाका अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।