सत्ता गठबन्धन ६० प्रतिशत सिटमा अगाडी

तामसालिङ खबर
५ मंसिर २०७९, सोमबार २३:०७

मंसिर, काठमाडौ – मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ । मनाङ, मुस्ताङ र ललितपुर क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक पनि भइसकेको छ । मनाङ र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने ललितपुर-२ मा नेकपा एमालेले जित हात पारेको छ।

अन्य स्थानमा भने मतगणनाले विस्तारै गति लिन सुरू गरेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मतपरिणाम अनुसार हाल ९६ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । मतगणना भइरहेका मध्ये झन्डै साठी प्रतिशत सिटमा अहिलेको सत्ता गठबन्धनले अग्रता लिइरहेको छ।

मतगणना भइरहेको ९६ सिटमध्ये ५७ सिटमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अग्रता लिइरहेको छ। अर्थात् सत्ता गठबन्धन ५९.४ प्रतिशत सिटमा अग्रस्थानमा छ ।

त्यस्तै नेकपा एमालेले २४ सिटमा अग्रता लिएको छ। एमाले २५ प्रतिशत सिटमा अग्रस्थानमा छ भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत सिटमा अग्रता लिएको छ।

रविको पार्टीका उम्मेदवारहरू ७ क्षेत्रमा अग्रस्थानमा छन्। त्यस्तै अन्य दलहरू ८.३ प्रतिशत सिटमा अगाडि छन् । अन्य दलहरुले ८ सिटमा अग्रता लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*