मनहरीमा आज लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभा हुँदै

तामसालिङ खबर
१ मंसिर २०७९, बिहीबार ०८:२३

मंसिर , हेटौंडा (मनहरी) – मकवानपुरको क्षेत्र नम्बर २ ‘ख’ मा आज लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभा हुँदै छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) का गठबन्धन दलका उम्मेदवार सहित नेता कार्यकर्ताको बाक्लो सहभागिता रहने भएको छ ।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आज मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले बताउनु भयो ।

बिहान ११ बजे हुने बृहत चुनाबी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथिको रुपमा आउनु हुने भएको छ। सभामा निर्वाचन क्षेत्र २ ‘ख’ का ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने संयोजक कालाखेतीले जानकारी दिनु भयो ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक बाम गठबन्धनको प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाको उम्मेदवारी रहेको छ। त्यस्तै प्रतिनिधि सभा २ (क) प्रदेश सभा तर्फ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कुमारी मोक्तान र (ख) मा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको उम्मेदवारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*