कांग्रेस मकवानपुरले पार्टीको नीति सिद्धान्त बिपरित लागेको भन्दै १६ जनालाई कारबाही (बिज्ञप्ति)

तामसालिङ खबर
२९ कार्तिक २०७९, मंगलवार १९:२१

कार्तिक, हेटौडा – नेपाली कांग्रेस मकवानपुरले १६ जना नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको नीति, सिद्धान्त, निष्ठा विपरीत गतिविधि गरेको, पार्टीको र गठबन्धनको उम्मेदवारको बिरुद्ध लागेको भन्दै उनीहरूलाई कारबाही गरेको जनाइएको हो।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस र गठबन्धनको उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरूलाई साधारण सदस्य नै नरहने गरि कारबाही गरेको पार्टी सभापति बुद्ध लामाले जानकारी दिए । कारबाहीमा पर्नेमा पूर्वमहासमिति सदस्यद्वय भरत पराजुली र रीता खनाल सहित १६ जना रहेका छन् ।

पराजुली स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् भने खनाल बिपी कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवार रहेकी छिन्। ‘कारबाही परेकामध्ये प्रायः उम्मेदवार, प्रस्तावक र समर्थक रहेका छन्।

अन्तिम प्रयास पनि असफल भएपछि बाध्य भएर कारबाहीको निर्णयमा पुगेको अनुशासन समितिका संयोजक एवंम जिल्ला सदस्य प्रभातकुमार दाहालले बताए ।

हेर्नुहोस् बिज्ञप्ति –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*