अस्ताए शताब्दी पुरूष सत्यमोहन जोशी

तामसालिङ खबर
३० आश्विन २०७९, आईतवार ०८:००

असोज, काठमाण्डौ – शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।

किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*