शिबिरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण

तामसालिङ खबर
२८ आश्विन २०७९, शुक्रबार ०८:०३

असोज, हेटौडा – हेटौँडा सामुदायिक आँखा अस्पताल सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।

विश्व दृष्टि दिवसको अवसरमा आयोजित शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमले जानकारी दिए । १३ अक्टोबरका दिन संसारभर विश्व दृष्टि दिवस मनाउने गरिन्छ।

शिविरमा आँखा अस्पतालका नेत्र सहायक अफिसर रीना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आइ हेल्थ वर्कर अचला शर्माले परीक्षण गरेका थिए । शिविरमा पत्रकारहरुमा आँखाका सामान्य समस्याहरु मात्रै पाइएको नेत्र सहायक अफिसर खड्गीले बताइन् ।

कामका दौरान कम्प्युटर, ल्यापटप जस्ता उपकरणमा अधिकांश समय बिताउनुपर्ने हुनाले अधिकांश सञ्चारकर्मीहरूमा आँखाको समस्या हुने गरेको छ ।

स्वास्थ्यकर्मीहरूले शिविरमा सहभागी सञ्चारकर्मीहरूलाई आँखा जाँचका साथै आँखाको बचाउमा पुर्याउनुपर्ने होसियारीका विषयमा पनि जानकारी गराएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*