हेटौडा उपमहानगरले डेंगु नियन्त्रण गर्न प्रत्येक वडामा स्प्रे गर्दै

तामसालिङ खबर
२८ आश्विन २०७९, शुक्रबार ०७:५३

असोज, हेटौंडा – लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिकाले हरेक वडामा लामखुट्टे मार्ने किटनाशक स्प्रे अभियान चलाएको छ । डेंगुको बिरामी बढ्दै गएपछि उपमहानगरले पनि किटनाशक औषध छर्कने अभियानलाई थप गर्दै लगेको हो ।

उपमहानगरको जनस्वास्थ्य शाखाका अनुसार असारको अन्तिम साताबाट डेंगुको बिरामी देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरि डेंगु रोग फैलाउने लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रम सँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो । फैलदै गरेको डेंगु नियन्त्रणका लागि नियमित रुपमा स्प्रे अभियान सहित बिरामीलाई उपचारमा सहयोग पु¥याउनका लागि हेटौंडा अस्पतालाई २ हजार भन्दा बढि परिमाणमा किट सहयोग गरेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् ।

किट अभाबकै कारण नगरवासी सहित अन्य बिरामिहरुले उपचारमा समस्या व्यहोरेपछि नगरपालिकाले खरिद गरेर किट हस्तान्तरण गरिएको उनले बताइन् । नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको उनले बताइन् । अहिले घर बाहिर भन्दा पनि नगरबासीले घर भित्रको सुरक्षालाई ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानियको माग अनुसार स्प्रे अभियान चलाईएको बताइएको छ । बढिमात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु धेरै देखिएकाले अभियानलाई बजार केन्द्रित गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरले हेटौंडा बजार क्षेत्रको २, ४, ५, १, १० नम्बर वडालाई प्राभमितामामा राखेर स्प्रे अभियान चलाईरहेको छ । जोखिमपुर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई बिषेश प्राथमिकतामा राखेको अभियानलाई सञ्चालन गरीरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा १९५ जना डेंगुको संक्रमणमा रहे पनि चालु आर्थिक बर्ष २०७९/०८० मा अहिले सम्म ३ हजार ७६२ जना डेंगुको बिरामी भइसकेका छन् । अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उनले बताए । अभियान अनुसार वडातहमा गएर सरोकारवालाहरुको सहभागितामा लार्भा नष्ट गर्नका लागि सचेतना कार्यक्रम गर्दै वडाहरुको जोखिमपूर्ण ठाउँको अनुगमन गरी सफा गर्ने कार्यक्रम सञ्चालन भइरहेको जनस्वास्थ्य शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*