पर्यटकीय थाहा नगरमा विच भलिबल प्रतियोगिताको तयारी पुरा
असोज, हेटौडा (थाहा नगर) – यहि असोज १४ गते शुक्रबारदेखी थाहा नगरको जनकल्याण माबिको खेल मैदानमा हुने प्रथम जिल्ला स्तरीय विच भलिबल प्रतियोगिता तथा सास्कृतिक महोत्सबको तयारी पुरा भएको छ।
प्रतियोगिताको तयारी पुरा भएको सम्बन्धि मंगलबार थाहा नगरको शंकर होटलमा खेल तालिका टाइसिट निर्माण तथा प्रतियोगिताको विविध पक्षको जानकारी दिएको थियो
थाहा नगरको पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले पहिलो पटक थाहा नगरमा विच भलिबल प्रतियोगिता तथा पर्यटन सांस्कृतिक महोत्सवको बारेमा जानकारी गराइएको थियो। प्रतियोगितामा जिल्ल्ला भरका ४० टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा खेलाडी परिचय सहित आचारसंहिता निर्माण, टाइसिट निर्माण, खेल सम्बन्धि परिमार्जित नियमहरु, स्वयं सेवक जिम्मेवार बाडफाड ,कलाकार व्यवस्थापन लगायतको जिम्मेवारी वाडफाड गरिएको थाहा कला केन्द्रका अध्यक्ष कार्यक्रम संयोजक सानोबाबु मोक्तानले जानकारी दिनु भयो।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा विच भलिबल संगै मैत्रीपुर्ण महिला भलिबल तथा बिबिध सांस्कृतिक कार्यक्रम सहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।