मनहरी अस्पतालको भवन र ओ.पी.डि.सेवा बिस्तार

तामसालिङ खबर
८ आश्विन २०७९, शनिबार ०८:१४

असोज, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको पुरानो अस्पताल मनहरी अस्पतालको अस्थायी भवन र ओ.पि.डि. सेवा बिस्तार भएको छ।

१५ शैयाको अस्पताल निर्माण कार्य शुरु भएसंगै ई।प्र।का।मनहरीसंगैको कर्मचारीले आवासको रुपमा प्रयोग गर्दै आईरहेको स्थानमा अस्थायी संरचना बनाएर सेवा प्रदान गर्दै आईरहेको अस्पतालको औपचारीक रुपमा स्वास्थ्य मन्त्री लामाले भवन एवं ओ.पि.डि. सेवा बिस्तार कार्यक्रमको उद्घाटन बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले गर्नु उद्घाटन गर्नुभएको हो । सोहि अवसरमा मन्त्री लामाले हाडिखोला स्वास्थ्य चौकि र मनहरी अस्पताललाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

मन्त्री लामाले मनहरी अस्पतालमा हुने बिरामीको चापलाई मध्यनजर गर्दै जनशक्तिको ब्यबस्थापन गर्न मन्त्रालयले तयार रहेको बताउनुभयो । साथै मनहरी अस्पतालमै ट्रमा सेन्टर स्थापनाको लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति प्रमूख ललित घलानले अस्पतालको भौतिक सुधारको लागि जि.स.स. सदैब सहयोगीको भूमिकामा रहने बताउनु भयो । अस्पतालले मनहरीका स्थानिय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सफल हुने बिस्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मनहरी गाँउपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाँउपालिकाले बिरामीको समस्यालाई मध्यनजर गर्दै ओ.पि.डि. सेवा बिहान ८ बजे देखी शुरु गरेको र अझै अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भएपछी जनताले स्वास्थ्य सेवा स्थानिय तहमै प्राप्त गर्ने बताउनु भयो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मनहरी ७ को वडा अध्यक्ष ठाकुर तितुङ्गको सभाध्यक्षतामा भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, उप प्रमूख सानुकाजी लुइटेल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी मगर, निबर्तमान मनहरी गाँउपालिका अध्यक्ष एकराज उप्रेती, वडा अध्यक्षहरु, राजनैतिक दल, संघसंस्थाहरुका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*