डेंगुको संक्रमणबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार १९:४४

असोज, हेटौडा – बागमती प्रदेशमा डेंगुको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङक अनुसार मकवानपुर सहित छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौँमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ९ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*