साफ महिला : नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन
असोज, काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाईनल खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा दुई गोल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफमा भने नेपालले एक गोल फर्काएको थियो ।
खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ ले अग्रता थियो । पुन गोल गर्दै बंगलादेशले ३–१ अग्रता लिएको थियो । सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ बंगलादेश नै हावी बन्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार बंगलादेशकी सबिना खातुनले हात पारिन् । उत्कृष्ट गोलरक्षक पनि बंगलादेश कै रुपना चक्ना बन्दा फेयर प्ले पुरस्कार पनि बंगलादेशले हात पार्यो ।