संस्कृति तथा पर्यटन प्रबर्द्धनका लागि, थाहानगरमा विच भलिबल प्रतियोगिता र साँस्कृतिक महोत्सबको तयारी

तामसालिङ खबर
१ आश्विन २०७९, शनिबार ०९:२९

असोज, हेटौडा (थाहानगर) – मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरमा पहिलो पटक जिल्ला स्तरिय विच भलिबल प्रतियोगिता संगै सास्कृतिक महोत्सब गर्ने भएको छ।

‘पर्यटकीय नगरी थाहानगर जऔ, विच भलिबल संगै रमाऔ’ मूल नाराका साथ थाहा कला केन्द्रको आयोजनामा यहि असोज १४ देखि १७ गतेसम्म विच भलिवल प्रतियोगिता तथा सास्कृतिक महोत्सब गर्ने भएको हो ।

थाहा नगरपालिकाको वडा नम्बर ३ मा रहेको जनकल्याण माविको प्राङ्गणमा हुने प्रतियोगिता संगै हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुति, स्थानिय झाँकी प्रदर्शनी, थाहा नगरको पर्यटकिय क्षेत्रको तस्वीर प्रदर्शनी, शारिरिक अपाङ्गता भएका अमिर बम्जनले मुखले बनाएका चित्रकला प्रदर्शनी समेत गर्ने केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनु भयो ।

त्यस्तै, प्रतियोगितामा नेवारी खाजा प्रदर्शनी स्टल, विभिन्न भेराइटी खाजा खाना परिकार प्रदर्शनी स्टल, नगरको हस्तकता सामाग्री प्रदर्शनी तथा थाहानगरमै पहिलोपटक मैत्रीपुर्ण महिला भलिवल समेत आयोजना गरिने केन्द्रका अध्यक्ष मुक्तानले बताए ।

प्रतियोगिता नजिकिदै गर्दा आवश्यक तयारीलाई तिव्र पारिएको थाहा स्पोर्ट्स अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज विष्टले बताउनु भयो। थाहा नगर भलिवल संघको समन्वयमा गरिने विच भलिवलमा जिल्ला भरिका खेलाडिहरुले सहभागी हुन पाउने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ५० हजार, २५ हजार र १० हजार शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियिगितामा उत्कृष्ट हुने टिमले ५ हजार र उत्कृष्ट खेलाडि एक जनाले समेत ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सफल बाउन थाहा नगरपालिका, थाहाका संघसस्था, सहकारी, होटल ब्यबसायी, स्थानिय बुद्दिजिबीहरुको प्रत्यक्ष सहयोग रहेको छ । भने अन्य प्रायोजक हरु पनि सम्पर्कमा आइरहेको आयोजकले जनाएको छ । केन्द्रले यस अघि पनि विविध सामाजिक कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन गर्दै आइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*