थाहामा बिश्व आत्महत्या रोकथाम दिवसको अन्तरक्रिया कार्यक्रम

तामसालिङ खबर
२६ भाद्र २०७९, आईतवार ०८:१०

भदौ, हेटौडा (थाहानगर) – ‘कार्य मार्फत आशाको सिर्जना’ भन्ने मुल नाराका साथ प्रत्येक बर्ष १० सेप्टेम्बरमा मनाइने बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा पद्मकन्या क्याम्पस काठमाडौका मनोबिज्ञान संकायमा अध्यनरत विद्यार्थीले थाहामा अन्तरक्रिया गरि मनाएको छ ।

थाहा नगरको जनकल्याण माबिमा नगर प्रमुख सहित शिक्षक विद्यार्थी बिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा मनोबैज्ञानिक शिक्षक पदमराज जोशीले आत्महत्याको ‘नकारात्मक’ सोच आएको अवस्थामा विभिन्न हेल्पलाइनहरूमा सम्पर्क गरी आफ्ना सोचहरूलाई सकारात्मक बनाउनतर्फ लैजानुपर्ने उल्लेख गर्दै आवश्यक पर्दा औषधि र मनोपरामर्श सेवा दिएर निको बनाउन सकिने बताए।

जोशीले आत्महत्यालाई मानसिक रोग भन्दा पनि पनि ‘कमजोर मन भएकाहरूले चाल्ने कदम’ भएको दृष्टिकोण समाजमा व्याप्त हुनु नेपालको सन्दर्भमा ठूलो समस्या रहेको बताउँछन्।

थाहा नगरका प्रमुख बिष्णु बिष्टले आत्महत्या गर्न लागेको व्यक्तिलाई बुझ्ने र सहयोग गर्ने कुरा वा त्यस्तो जोखिम वा दुर्घटना हुनसक्छ भन्नेबारे बुझाइ कम छ। पछिल्लो समयमा चासोहरू बढे पनि श्रोत साधन र सेवाहरू पर्याप्त छैनन्। भन्दै परिवार र साथीभाइ चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पुर्‍याउन सकिने बिष्टले बताए ।

प्राध्यापक डाक्टर रामप्रसाद पौडेलले आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

मनोबैज्ञान बिभाग पद्मकन्या क्याम्पसका प्रमुख कविता खातीले भुकम्प र कोरोना महामारी पछि आत्महत्या तथा मनोसामाजिक समस्या मा वृद्धि भएको बताउदै अहिले मनोरोग बिकराल समस्याको रुपमा अगाडि बढेको तर समस्याको पहिचान नहुदा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा समस्या परेको बताउनुभयो साथै वहाँले आत्महत्या पनि एकखाले रोग हो भन्ने जानकारी पुर्याउन विद्यालय स्तरबाटनै शिक्षा प्रदान गर्नुपर्ने ,समुदायमा मानसिक स्वास्थ्य संम्बन्धी जनचेतनाको खाचो परेको हुदा पद्मकन्याका विद्यार्थी लाई स्थानीय तहले प्रयोग गर्न सकिनेमा जोड दिदै तेस्को लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

जनकल्याण माबिका सह- प्रधानध्यापक मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,थाहानगर शिक्षा शाखाका अधिकृत माधव बिक्रम मल्ल लगायत शिक्षक, विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*