सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

तामसालिङ खबर
२२ भाद्र २०७९, बुधबार ०६:०७

भदौ, काठमाडौँ – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार बलात्कारको आरोपसहित उजुरी परेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकका अनुसार एक किशोरीले लामिछानेविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको र पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ ।

स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको बताइएकाे छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*