साफ यु २० च्याम्पियनसिप: नेपाल आज बङ्लादेश सँग खेल्दै

तामसालिङ खबर
१७ श्रावण २०७९, मंगलवार ०७:२७

साउन, काठमाडौ – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज बङ्लादेश सँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियाे । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो ।

नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्लादेश ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ ।

माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ । फाइनल खेल शुक्रवार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*