चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

तामसालिङ खबर
१० श्रावण २०७९, मंगलवार १७:४९

साउन, काठमाडौ – चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसी सहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*