मैदान जलमग्न भएपछि हेटौंडा र सिमराको खेल स्थगित

तामसालिङ खबर
२५ जेष्ठ २०७९, बुधबार १५:२०

जेठ, हेटौडा – हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज हुने खेल वर्षाका कारण स्थगित भएको छ । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज हुने भनिएको घरेलु टोली विजय युथ क्लव हेटौंडा र नवजनजागृती क्लव सिमराको खेल भारी वर्षाका कारण आजलाई स्थगित गरिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले जनाएको छ ।

उक्त खेल भोलि बिहिबार बिहान ८:३० बजे हुने लामाले जनाएको छ । आज दिउँसो परेको भारी वर्षाका कारण खेल मैदान जलमग्न भएकाले खेल खेलाउन नसकिने भएको हो ।

त्यस्तै भोलि बिहिबार दिउँसो काठमाडौंको चर्च ब्वाईज क्लव र क्याम्रुनी अभिनियर क्लवबिच खेल हुने खेल संयोजक प्रताप विष्टले जनाएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*