जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा पन्त चयन
मंसिर, जापान – नेपाली जन प्रगतिशील मञ्च जापानको ८ औं राष्ट्रीय अधिबेशन सम्पन्न गरेको छ । आईतबार टोकियोमा भएको राष्ट्रीय अधिबेशनले अध्यक्षमा भवानी पन्तलाई सर्बसम्मत चयन गरेको हो ।
मन्चको बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षहरुमा श्रवण सत्याल, श्यामहरी पाण्डे, जनक सुबेदी, आरएच गौतम, नवराज गौतम र महासचिब बाबुराम पौडेल चयन भएको छ ।
त्यस्तै, उप महासचिबहरुमा दावा शेर्पा, शिबु थापा, राम कृष्ण भण्डारी र सचिबहरुमा बेनुका खड्का, खगराज गौतम, गौरी शंकर गैरे, अर्जुन अंगाई सहमति मै चयन गरेको छ । कोषाध्यक्षमा भुवन हुमागाई र सह-कोषाध्यक्ष धुर्व अधिकारी, गौरी शंकर सापकोटा चयन गरेको छ ।
जनप्रगतिशील मञ्च जापानका निबर्तमान अध्यक्ष हवल चन्द्र लामाको सभापतित्वमा, जनप्रगतिशील मञ्च प्रमुख पूर्वी एसिया संयोजक हर्क थापाको प्रमुख आतिथ्यतामा भब्य रूप सम्पन्न भएको थियो ।
मञ्चका सचिब सालिकराम भण्डारीले संचालन गर्नु भएको अधिबेशनमा माओवादी नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागी रहेको थियो ।