जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको अध्यक्षमा कठायत, ४५ सदस्यीय कमिटी चयन

तामसालिङ खबर
२७ मंसिर २०७८, सोमबार ०५:५२

मंसिर, दक्षिण कोरिया (सउल) – नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको पाँचौ अधिवेशनले ईश्वर कठायतको अध्यक्षतामा ४५ सदस्यीय कमिटी चयन गरेको छ।

आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा, उपाध्यक्षहरुमा राजु श्री, राजेन्द्र दुलाल, गोकुलप्रसाद दङ्गाल, निर्मला खड्का र खगेन्द्रराज खनाल चयन भएका छन् ।

त्यस्तै, महासचिवमा प्रविण गिरी, सचिवमा अभिषेक सापकोटा, हिमाल खनाल, रामबहादुर तामाङ, रुद्र थापा र सुबिन्द्र मगर रहेका छन् । कोषाध्यक्षमा बुद्धिबहादुर तामाङ, सह-कोषाध्यक्षमा एसपी अधिकारी चयन भएका छन् ।

दिलिप धितालको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन जीवन खतिवडाले गरेका थिए भने स्वागत चुडामणि अधिकारीले गरेको थियो । माओवादी केन्द्र प्रवास विभाग प्रमुख ओम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए कोरिया अध्यक्ष दिपक पुनको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*