जनप्रगतिशिल मन्च जापानको क्षेत्रिय अधिबेशनहरु सम्पन्न, ओकिनवामा पौडेल चयन
मंसिर, जापान – नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशिल मन्च जापानको क्षेत्रिय अधिबेशनहरु सम्पन्न भएको छ । बुधबार ओकिनवामा भएको सम्मेलनबाट गोबिन्द पौडेल (अनिस) को संयोजकत्वमा कमिटि गठन गर्दै क्षेत्रीय अधिबेशन सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रगतिशील मंच जापानका केन्द्रीय सचिब शालिकराम भण्डारी तथा जनप्रगतिशील मन्च पूर्वी एसिया कमिटी सदस्य भवानी पन्तले शुभकामना दिनु भएको थियो ।
त्यस्तै, जनप्रगतिशिल मन्च जापानको नागोयामा हरी तामाङ दोङ, कान्साइमा प्रकाश गैरे, कान्तोमा गोकर्ण बर्तौला, गुन्मा तोचिगीमा राकेश बिमली, क्युसुमा भिम बुढाथोकी र सेन्दाइमा तेज दाहालको संयोजकत्वमा क्षेत्रिय कमिटि गठन भैसकेको मन्चका केन्द्रिय अध्यक्ष हवलचन्द्र लामाले बताउनु भयो ।
प्रबासमा रहेका नेपालीहरुको हक र हित साथै नेपालमा परेको हरेक बिपतमा साथ र सहयोग गर्दै आएको जनप्रगतिशिल मन्च जापानले आफ्नो क्षेत्रिय अधिबेशनलाई तिब्रता दिएको थियो । मन्चको राष्ट्रिय अधिबेशन डिसेम्बर १२ मा टोकियोमा गर्ने तयारी गरेको छ ।