माओवादी केन्द्र सबै तहमा बहुपदीय संरचनामा जाने

पत्रपत्रिकाबाट
२० मंसिर २०७८, सोमबार ०८:०६

मंसिर, काठमाडौँ – नेकपा माओवादी केन्द्र आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ । साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथि देखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो ।

माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ । त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ।

विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनामा जानेछ । केन्द्रीय र प्रदेश संरचना अन्तर्गत कतिजना उपाध्यक्ष हुने, उपमहासचिव कतिजना हुने र सचिव कतिजना रहने भन्ने निर्क्योल गर्न स्थायी कमिटी सदस्य देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*