हामी नेपाली ग्लोबलमा पुन: लामाको नेतृत्व
मंसिर, न्युयोर्क – हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रिय सम्मेलन अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृत लामालाई पुन: नेतृत्वको जिम्मेवारी लामालाई नै दिएको छ ।
नेपाल आमाको आसु पुछ्ने मुल उद्धेश्यका साथ सुरु भएको उक्त सम्मेलनलाई सफल पार्न विभिन्न देशका प्रतिनिधि संगै अमेरिकाको बिभिन्न राज्यबाट बाक्लो उपस्थिति रहेको थियो ।
जसको प्रथम उपाध्यक्षमा नवराज केसी (अमेरिका), द्धितीय उपाध्यक्षमा टेक लामा (अमेरिका) र तृतीय उपाध्यक्षमा भोमा लिम्बु (अस्ट्रेलिया), महासचिवमा मोनि लिम्बु (अस्ट्रेलिया), सचिवमा डाक्टर पदम लाल महर्जन (नेपाल) र भुवन पौडेल (अमेरिका) तथा कोषाध्यक्षमा पशुपति श्रेष्ठ (अमेरिका) रहेका छन् ।
त्यसैगरी, संस्थाको बोर्ड अफ डाइरेक्टरमा अमेरिकाबाट जनक भण्डारी, ज्ञानेन्द्र ढकाल, राधा शर्मा, अर्जुन खड्का, खेमलाल भट्ट, केशवराम राई, बेल्जियमबाट गीता लामा, निनम्मा राई (जर्मनी), अम्बिका डिसी (दक्षिण कोरिया), गंगाराज शर्मा पौडेल (नेपाल), बिजय ढुङ्गाना (मलेसिया), अजना शाह (नेपाल), रामकुमार श्रेष्ठ (पोल्याण्ड) रहेका छन् ।
संस्थाको याम्बेसडरमा राजा घले (नर्थ साउथ अमेरिका), बिजय मोक्तान (जर्मनी), जुनु गुरुङ (दक्षिण कोरिया) र सुनिता शर्मा खरेल (अस्ट्रेलिया) रहेका छन् ।
अध्यक्ष लामाले कार्ययोजना उत्पादन, पर्यटन संगै प्रत्यक्ष जनस्तर उकास्नको लागि लागिपर्ने र विभिन्न परियोजना समेत सुरु भैसकेको जानकारी दिएका थिए । अध्यक्ष लामाले भावी कार्य योजना प्रस्तुत गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
औपचारिक कार्यक्रम समापन संगै कलाकार बसन्ती राई, गोमा योञ्जन, संजोक योञ्जन, आंगगेलु शेर्पा र बिक्रम जंग शाहको बेजोड सांगितीक प्रस्तुति रहेको थियो ।
कलाकारहरूको प्रस्तुति पश्चात जांगबु डीजेको डीजे नाच संगै कार्यक्रम सम्पन्न भएको थियो । सोहि सम्मेलनले नै अर्को सम्मेलन बेल्जियममा गर्ने घोषणा गरेको छ ।