ऋद्धिसिद्धि सिमेन्ट उद्योगले अनुमति पाएको भन्दा बाहिर गएर खानी उत्खनन् गर्दै
मंसिर, हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा संचालित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङमा चुनढुंगाको लागि खानी उत्खनन् गर्दै आएको छ ।
खानी राक्सिराङ–४ मा संचालन आउँदा स्थानीयहरुले सास्ती व्यवहोर्दै आएका छन् । सिमेन्ट उद्योगको खानी संचालन गर्दा स्थानीयहरुलाइ असर परेको भन्दै स्थानीयले उच्च अदालत पाटन हेटौंडा इजलाशमा मुद्धा हालेका थिए ।
अदालतले स्थानीयको पक्षमा फैसला गरेपनि चुनढुंगा खानी व्यवस्थित नगरी अनुमति पाएको भन्दा बाहिर गएर उत्खनन् गर्दै आएको स्थानीय गोपाल मोक्तानले बताउनु भयो ।
उत्खनन् क्षेत्र तथा दोहन क्षेत्रभन्दा बाहिर स्थानीयको घर जग्गा रहेकोले खानेपानी मुहानमा समेत असर हुँदा, स्थानीयको बस्ती, गोठमा असर पर्ने भन्दै अनुमति प्राप्त भएको क्षेत्र भन्दा बाहिर गएर खानी उत्खनन् नगर्न उद्योगलाई उच्च अदालत पाटन हेटौंडाका न्यायाधिश शेषराज सिवाकोटी र मेरिना श्रेष्ठले आदेश जारी गर्नुभएको थियो ।
अदालतको आदेशको पालना नगर्दै बर्खा सकिएपछि उद्योगले फेरि खानी संचालन गरेको स्थानीयको आरोप छ । ऋद्धिसिद्धिको खानी संचालन आउँदा राक्सिराङ ४ को एक प्रवि विद्यालय समेत बन्द भएको छ । यस्तै बस्तीको बिच भागमा कतै खाल्डो बनाइदिएको स्थानीयको आरोप छ ।
अदालतले अनुमति प्राप्त भन्दा बाहिर उत्खनन् नगर्न आदेश गरेपनि त्यसको कार्यान्वय नभएको जनसरोकार मञ्च राक्सिराङ-४ का गोपाल मुक्तानले बताउनुभयो । उहाँले अदालतको फैसाला अनुसार उद्योगले अनुमति प्राप्त भन्दा बाहिर दादागिरी शैलीमा उत्खनन् कार्य गरेको बताउनुभयो । यस्तै अधिवक्ता केशव गौतमले पनि अदालतले आदेश दिएपनि लागू हुन नसकेको बताउनुभयो । समृद्ध समाजबाट साभार