७७ वटै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

तामसालिङ खबर
१ मंसिर २०७८, बुधबार ०६:३९

मंसिर, काठमाण्डौ – युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ ।

मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरे सँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबार स्थित मन्त्रालयमा बसेको बोर्डको ५४ औं बैठकले थप दुई जिल्ला मनाङ र मुस्ताङ मा उक्त कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।

कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकारबाट वि.स.२०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*