हेटौंडामा तिहार लक्षित ‘बजाज एक्सचेन्ज अफर’
कार्तिक, हेटौंडा – हेटौंडामा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता होराइजन अटो प्रा.लिले तिहारको अबसरमा ‘बजाज एक्सचेन्ज अफर’ ल्याएको छ ।
‘बजाज एक्सचेन्ज अफर’ यही १० कार्तिकदेखि १७ गतेसम्म सात दिनसम्म सञ्चालन हुनेछ । हेटौंडा–१०, टिसिएन रोडमा रहेको बजाज स्वरुममा एक्सचेन्ज अफर सञ्चालनमा रहने जनाइएको छ ।
कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने नाराका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सुरु गरेको हो । मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक दिएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने जनाइएको छ । कुनैपनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिने जनाइएको छ ।
यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको जनाएको छ ।
नजिकिँदै गरेको तिहारको अवसरमा बजाज मोटरसाइकलको ‘बजाज एक्सचेन्ज अफर’ योजनाले मोटरसाइकल खरिद कर्ताका लागि धेरै लाभ हुने जनाइएको छ । कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको होराइजन अटो प्रा.लि, हेटौंडाका सञ्चालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए ।
यसैगरी बजारको अर्को योजना ‘खुशीको ३ डोज’ पनि सञ्चालित छ । ‘खुशीको ३ डोज’ योजनाअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार पाउन सक्नेछन् ।
ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, मोटरसाइकल खरिदको समयमा १ लाखसम्मको नगद र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार जित्न सक्नेछन् ।