एएफसी यू–२३ मा इरान संग नेपाल ४-० अन्तरले पराजित
कार्तिक, काठमाण्डौ – नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाँदा टोली ४–० ले पराजित हुन पुग्यो ।
दोस्रो हाफको सुरूवातमै नेपालले गोल खाएको थियो । खेलको ४ मा मेहदीले गोल गर्दै सुरूआती अग्रता दिलाए । त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो ।
इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।
नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ । आज हुने समूहको अर्को खेलमा लेबनान र ताजिकिस्तान खेल्नेछन् । नेपालले पाँचौ पटक यु–२३ छनोट खेल्न लागेको हो । यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो ।