मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदै

तामसालिङ खबर
९ कार्तिक २०७८, मंगलवार ०८:३४

कार्तिक, हेटौडा – मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) को निर्वाचन आज हुँदै छ ।

संघको चुनावी कार्यतालिका अनुसार हिजो सोेमबार उमेदवारी दर्ता र आज संघको सभाहल पल्पसा सभागृहमा बिहान ९ बजेबाट मतदान कार्यक्रम सुरु हुँदै छ । आगामी तीन वर्ष कार्यकालका लागि आज मतदान हुने भएको हो ।

निर्वाचन अधिकृत इश्वरराज ढकालका अनुसार आज बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान गर्न पाईने छ । उक्त समय भित्र आईपुगेका निर्वाचन हाताभित्र मतदान गर्ने लाइनमा बसेकाहरुले मतदान गर्न पाउनले छन् ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी मैदानमा राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।

सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउत लगायत रहेका छन् ।

यस्तै, अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काव्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।

यसैगरि सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल,गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*