नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश
असोज, माले – नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बुधबार बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो ।
खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी क्षेत्र बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।
८८औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपालका लागि अन्जन विष्टले निर्णायक गोल गरेका थिए । यसअघि खेलको ९ औं मिनेटमा बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।
नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० को हार बेहोरेपनि नेपालले अन्तिम खेलमा आफू अनुकुल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।