इजरायल जाने ११७५ जना नेपाली कामदार छानिए (नामावली हेर्नुहोस)

तामसालिङ खबर
२६ आश्विन २०७८, मंगलवार ०५:५५

असोज, काठमाडौं – इजरायल जाने ११७५ जना नेपाली कामदार सूची सार्वजनिक गरिएको छ । दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय उम्मेदवारको सूची इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई सिफारिस गरेको थियो।

त्यसमध्येबाट पिआइबिएले चिठा प्रणालीबाट सोमबार छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् ।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ । इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ । अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ।

विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन् । भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ ।

http://drive.google.com/file/d/14LTxmZnbkq5lvfX90RwDlfwND_UiBBpM/view?usp=sharing

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*