निबुवाटारमा महिला अभियान साकोसको २३ औं साधारण सभा सम्पन्न

तामसालिङ खबर
२१ आश्विन २०७८, बिहीबार २०:०२

असोज, हेटौडा (भीमफेदी) – महिला अभियान साकोस भिमफेदी गाउँपालिका वडा नम्बर ४ निबुवाटारको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

महिला अभियान साकोसका अध्यक्ष भिम कुमारी थापामगरको सभाध्यक्षमा भएको सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेलको प्रमुख आतिथ्यतामा भएको थियो।

संस्थाको प्रगती प्रतिवेदनहरु अध्यक्ष भिम कुमारी थापामगर, ऋण उपसमितिको प्रतिबेदन सचिव सृजना माया बज्यु, आर्थिक प्रतिबेदन कोषाध्यक्ष रमिला सापकोटाले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजकले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश बचत संघका उपाध्यक्ष तथा महिला अभियान साकोसको लेखा सुपरिवेक्षण समितीका संयोजक राधा सिंतान, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरको उप-समिती सदस्य तथा युवा साकोसको अध्यक्ष राजु गौतम, राष्ट्रिय सहकारी बैंक हेटौंडा मकवानपुर शाखाको कार्यकारी प्रमुख रामेश्वर अर्याल, महिला अभियान साकोसका संस्थापक अध्यक्ष फुलमाया लामा लगायतको आतिथ्यता रहेको थियो।

संस्थाले आवद्ध शेयर सदस्यहरु मध्ये उत्कृष्ट शेयर सदस्यहरु तथा कर्मचारीलाई प्रोत्साहन तथा थप हौसला उर्जाको लागि विभिन्न विधामा संस्थाले पुस्कृत गरिएको थियो ।

कार्यक्रममा उप-समितीहरु र शेयर सदस्यहरुको सहभागितामा कार्यक्रम पुर्ण रुपमा भव्य र सभ्य रुपमा सफल भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको सचिव सृजना माया बज्युले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रमिला सापकोटाले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*