पान्द्राङ ‘ए’, भिमफेदी ‘ए’ र चिउरीबगैंचा ‘बी’ दशैं कपको सेमिफाइनलमा प्रवेश
असोज, हेटौडा (भीमफेदी) – भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरी बगैंचामा जारी दशैंकप फुटबल प्रतियोगितामा पान्द्राङ ‘ए’, भिमफेदी ‘ए’ र चिउरी बगैंचा ‘बी’ विजयी भएका छन् ।
बुधवार भएको खेलमा पान्द्राङ ‘ए’ ले गुन्डिङलाई १-०, भिमफेदी ‘ए’ ले भिमफेदी ‘बी’ लाई ४-२ र चिउरीबगैँचा ‘बी’ ले एफसी टौबासलाई २-१ को अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
पहिलो खेलमा पान्द्राङ ‘ए’ का तर्फबाट विशाल डंगोलले खेलको ५५ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाई विजयी हासिल गराएको थियो ।
दोश्रो खेलको पहिलो हाफमा भिमफेदी ‘ए’ ले खेलको १ मिनेटमा पेनाल्टी सुटआउट पाएता पनि खेलाडी सुमन लामाले टसमलाई पेनाल्टीमा अग्रता दिलाउन नसकेपनि खेलको १६ ओैं मिनेटमा लामाले टिमलाई अग्रता दिलाएको थियो ।
खेलको २२ ओैं मिनेटमा सविन लामाले दोश्रो गोल गरेका थिए भने केही सेकेन्डको फरक मै नकुल दोङले तेश्रो गोल गरेका थिए । खेलको दोश्रो हाफको २९ ओैं मिनेटमा प्रभात बलामीले अर्को गोल गर्दै टिमलाई ४ गोल गर्न मद्दत गरिएको थियो ।
त्यस्तै भिमफेदी ‘बी’ ले खेलको ३२ ओैं मिनेटमा पवन परियारले गोल गर्दै टिमलाई हौसला प्रदान गरेको थियो । साथै खेलको ४० ओैं मिनेटमा राज सापकोटाले दोश्रो गोल गर्दै टिमलाई ४-२ को अन्तरमा पुराएको थियो । यो सँगै भिमफेदी ‘ए’ ले विजयी हासिल गरिएको छ ।
त्यस्तै, तेश्रो खेलमा चिउरीबगैंचा ‘बी’ ले खेलको ९ ओैं मिनेटमा खेलाडी सागर थापाले पेनाल्टी सुटआउटमा गोल गर्दै टिमलाई अग्रता दिलाएर खुसी बनाएता पनि एफसी टौबासले खेलको दाश्रो हाफमा खेलको ३१ ओैं मिनेटमा गोल गर्दै खेल बराबरीमा लगिएको थियो ।
आफ्नै घरेलु मैदानमा दर्शकको साथ र हुटिङले चिउरीबगैँचाका खेलाडीहरूलाई खेल खेल्न रोमाञ्चक बनाएको थियो । शिव रानाले गोल गर्दै टिमलाई २-१ को अन्तर ल्याई विजयी हासिल गराएको थियो ।
विजेता टिमहरू आजबाट सेमिफाइनल खेलहरू (सानुटार र पान्द्राङबीच १ बजे) र (भिमफेदी ‘ए’ र चिउरीबगैंचा ‘बी’ बीच २ बजे) क्रमशः हुने चिउरीबगैंचा युवा क्लबका अध्यक्ष सरोज थापाले बताउनुभयो ।