डिसहोमले ल्यायो ‘दिमाग हल्लिने अफर’, ८९९ रुपैयाँमा १०० एमबिपिएसको इन्टरनेट
असोज, काठमाडौं – डिसहोम फाइबरनेटले सबैभन्दा सस्तोमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले ‘दिमाग हल्लिने अफर’ भन्दै मासिक ८ सय ९९ रुपैयाँमा एक सय एमबिपिएस इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको हो।
एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
२०७८ असोज ११ गतेदेखि ‘ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको र योजना अन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने भएका छन्। भाग्यशाली विजेताहरुको छनोट लक्की ड्र मार्फत गरिने बताइएको छ।