चितवन टाइगर्स इपीएलको फाइनलमा

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १३:२७

असोज, काठमाडौं – पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल० २०२१) को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो । शाहब र सागरले ४÷४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।

बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७/५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।
चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए । जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए । करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

त्यसअघि सागर र शाहबले ४(४ विकेट लिएपछि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरभित्रै ६६ रनमा अलआउट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*