सूनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
असोज, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो ।
छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो।
महाससंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।