१० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपीओ निष्काशन हुँदै

तामसालिङ खबर
१९ आश्विन २०७८, मंगलवार ११:२६

असोज, काठमाडौं – यहि असोज २० गतेदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ निष्काशन हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र का लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*