भारतीय गाडीले नेपाल प्रवेश पाएसँगै व्यापारीहरु खुशी
असोज, बिरगंज – देशकै ठूलो नाका मध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएपछि व्यापारीमा खुसी छाएको छ ।
कोभिड–१९ ले अत्यावश्यक बाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएको छ ।
रक्सौल नाकाबाट भारतीय सवारी साधनल नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको बिरगंज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए । कोभिड-१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार ठप्प थिए ।