प्राधिकरणले काट्यो, पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार

ताम्सालिङ खबर
१६ आश्विन २०७८, शनिबार १३:४६

असोज, काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेको छ । प्राधिकरणले देशभरको तार काटेको हो । बढेको पोलभाडा तिर्न नमान्ने कम्पनीको इन्टरनेटको तार काटिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीबीच विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिर्ने भन्दै इन्टरनेट कम्पनीहरुले अडान लिइरहेका छन् ।

प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्र मार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको हो । प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एउटा/एउटा तार मात्रै काटेका छन् । काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्र मार्फत पनि एउटा/एउटा तार काटिएको प्राधिकरणले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*