फुटबल स्ट्राइगर विमल फर्किए, मैदानमा

तामसालिङ खबर
१२ आश्विन २०७८, मंगलवार १६:३५

असोज, काठमाडौं – राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन् ।

यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन् । नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको बताए । ‘उ टोलीमा समावेश छैन । व्यक्तिगत प्रशिक्षणको लागि आएको हो,’ हाल एएफसी छनोटको लागि नेपाली टोली हेरिरहेका महर्जनले भने ।

यसअघि विमलले पुस पहिलो साता राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) को चोट बोकेपछि मैदान बाहिर रहँदै आएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघसँग सहकार्य गर्दै विमलको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो ।

कतारमै शल्यक्रियापछि रिह्याबमा रहेका विमल यसै साता नेपाल फर्किएका हुन् । विमलले सोमबारबाट व्यक्तिगत प्रशिक्षण सुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*