बुद्धभुमि हाइड्रोपावरको आइपिओ खुल्ला

तामसालिङ खबर
११ आश्विन २०७८, सोमबार १८:१०

असोज, काठमाण्डौ – बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आजदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ ।

अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।

कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*