साफ च्याम्पियनसिप तयारीका लागि राष्ट्रिय फुटबल टोलि कतार प्रस्थान

तामसालिङ खबर
२५ भाद्र २०७८, शुक्रबार ०९:३५

भदौ, काठमाण्डौ – साफ च्याम्पियनसिप तयारीका लागि नेपालको पुरुष राष्ट्रिय फुटबल टोलि कतारको दोहा प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फां ले बिहिबार कतार जाने २८ सदस्यीय पुरुष राष्ट्रिय टोलिलाई बिदाई गरेको हो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका तयारी गर्न २८ जना खेलाडीको टोलि १५ दिनका लागि कतार गएको हो । कतार गएका खेलाडीहरुलाई एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा लगायत अन्य पदाधिकारीहरुले बिदाई गरेका थिए । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने यसअघि नै कतार गईसकेका छन् ।

नेपालले असोज १० गतेसम्म दोहामा प्रशिक्षण गर्नेछ र ११ गते माल्दिभ्यसतर्फ जानेछ । नेपालका डिफेन्ड रोहित चन्द ईण्डोनेशियाबाट सिधै कतार गएर राष्ट्रिय टोलिको प्रशिक्षणमा जोडिनेछन् । असोज १५ गतेबाट शुरु हुने साफ च्याम्पियनसिपमा नेपालसहित ५ राष्ट्रको सहभागिता रहनेछ ।

नेपालले च्याम्पियनसिपको असोज १५ गते हुने उद्घाटन खेलमा आयोजक माल्दिभ्ससँग खेल्नेछ । असोज १८ गते दोश्रो खेलमा श्रीलंका र तेश्रो खेल असोज २४ गते भारतसँग खेल्नेछ । चौथो तथा अन्तिम खेल असोज २७ गते बंगलादेशसँग खेल्नेछ ।

सिङ्गल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको लिगका दुई शिर्ष टोलिले असोज ३० गते उपाधिका लागि फाइनल खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*